सूर्यज्योति लाइफको नाफा करिब ३४ प्रतिशत बढ्यो

१३ बैशाख २०८१

cover image

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले ३३ दशमलव ८९ प्रतिशत बढी खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी ४४ प्रतिशतभन्दा बढी र कुल खर्च साढे ४४ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष ६ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ८ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी कल आम्दानी गरेको हो । 

कुल खर्च भने गत वर्ष ५ अर्ब ९४ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ८ अर्ब ६० करोड रूपैयाँभन्दा बढी भएको छ । यस वर्ष कम्पनीको खुद बीमाशुल्क आर्ज रकम करिब ३९ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म ४ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ६ अर्ब ३७ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

खुद दाबी भुक्तानी रकम भने तेस्रो त्रैमाससम्म यस वर्ष ७ अर्ब १५ करोड रूपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको थियो । यो रकम गत वर्षको तुलनामा यस वर्ष करिब ५२ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रूपैयाँ छ । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाउन लागेको छ । वैशाख २१ गते आयोजना गर्न लागेको कम्पनीको १६औं वार्षिक साधारण सभाले प्रस्तावित बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको रिटर्न अर्निग १ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको छ भने अन्य सम्पत्ति १ अर्ब २ करोड रूपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा ३ करोड ७२ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ८ रूपैयाँ ६७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रूपैयाँ ३१ पैसा छ ।
 

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

Image

बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान ...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

Image

साधारण सभाले ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४