सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए शेयर

२५ फाल्गुण २०८०

cover image

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शुक्रवार विहान आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई बाँडफाँटमा सहभागी गराइएको हो । मागभन्दा बढी आवेदन परेकाले न्यूनतम ५० कित्ता बाँडफाँटको व्यवस्था बमोजिम ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

पहिलो चरणमा न्यूनतम ५० कित्ता आईपीओ बाँडफाँट गर्दा बाँकी रहेको २६ कित्ता आईपीओ ५० कित्ताभन्दा बढी माग गर्ने २६ जना आवेदकहरूलाई थप एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयर खरीद माग गरेका थिए । कुल आवेदकहरूमध्ये १ हजार ३४२ आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भैसकेको छ । 

तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो । 

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गरिएको हो । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । यी वाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । कम्पनीले बुक विल्डिङ विधिमार्फत आईपीओ विक्री गरेको हो ।
 

Image

वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय हेटौडा, मकवानपुरमा विहान ११ बजे...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

कम्पनीले आफ्नो चुक्तापूँजी १अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थाप...

Image

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समित...

Image

कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित...

Image

क्लासिक भ्यु रिसोर्टले आफ्नो जारी पूँजीको १४ प्रतिशत दरको १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्नेछ ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४