क्लासिक भ्यू रिसोर्टले आईपीओ निष्कासन गर्ने

९ बैशाख २०८१

cover image

काठमाडौं । क्लासिक भ्यू रिसोर्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको छ । आईडीया टु आईपीओ सेवा अन्तर्गत कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो । क्यापिटलका अनुसार संस्थागत परामर्श सेवासँगै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सेवा समेत प्रदान गर्ने गरी रिसोर्टसँग सम्झौता भएको हो । 

क्लासिक भ्यू रिसोर्टले आफ्नो जारी पूँजीको १४ प्रतिशत दरको १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्नेछ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । क्लासिक भ्यू रिसोर्ट बुडानिलकण्ठ, काठमाडौंमा निर्माणाधिन अवस्थामा रहेको छ । हाल रिसोर्ट निर्माणको ६५ प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीको भनाई छ । १९ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधिन यस रिसार्टका अध्यक्ष मुकुन्द राज कुँवर रहेका छन् । 

रियल इस्टेट लगाएत अन्य व्यवसायिक क्षेत्रमा एक दशकभन्दा बढी समय काम गरेका अनुभवित सञ्चालकहरू यस कम्पनीमा रहेका छन् । रिसोर्टले ग्राहकहरुको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका बिभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ । 

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त ...

Image

इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४