सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट

३ बैशाख २०८१

cover image

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत १२ गतेदेखि २० गतेसम्म उक्त अवितरित हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २७ गते खोली चैत ३० गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । 

बाँडफाँटको अन्तिम मूल्य अर्थात (कटअफ प्राइस ) प्रतिकित्ता १४५ रूपैयाँ कायम भएको जानकारी कम्पनीले दिएको छ । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम वैशाख ३ गते सोमवारदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । सम्बन्धित आवेदकहरूको बैंक खातामानै शेयर वापतको रकम फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको हो । 

कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ४५ लाख रूपैयाँ चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम भएको छ ।
 

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक ...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

आवेदकहरूले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो ।  कम्पनीले फागुन १८ ग...

Image

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसक...

Image

वैशाख ९ गतेसम्मका लागि कम्पनीले अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयर निष्क...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४