रिभर फल्सले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

२९ चैत्र २०८०

cover image

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले वैशाख २० गते दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्ला दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को संयुक्त वार्षिक साधारण सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

यी दुई आर्थिक वर्षको वार्षिक प्रतिवेृदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

कम्पनीले बैंक ऋण भुक्तानीको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रूपैयाँ रहेको छ । सोही पूँजीको अधारमा कम्पनीले ७० करोड रूपैयाँ बराबरकै हकप्रद विक्री गर्ने निर्णय गरेको हो । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रूपैयाँ कायम हुनेछ । 

शेयर निष्कासनका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक ...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

आवेदकहरूले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो ।  कम्पनीले फागुन १८ ग...

Image

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसक...

Image

वैशाख ९ गतेसम्मका लागि कम्पनीले अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयर निष्क...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४