राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभाको मिति सर्यो

१४ बैशाख २०८१

cover image

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले वैशाख १४ गते गर्ने भनेको वार्षिक साधारण सभाको मिति सरेको छ । विशेष कारणवश वैशाख १९ गतेका लागि वार्षिक साधारण सभा सार्नुपरेको जानकारी कम्पनीले सूचनामार्फत गराएको हो । 

वैशाख १९ गते अपरान्ह ४ बजे कम्पनीको प्रधान कार्यालय रामशाह पथ, काठमाडौंमा सभा हुने जानकारी कम्पनीले दिएको छ । सभाका लागि यस अघि तय भएको बुँदा नम्बर २ बाहेक अन्य विषयहरू साबिककै कायम गरिएको छ । 

यसअघि प्रस्ताव नम्बर २ मा आर्थिक वर्ष ०६९/७०, ०७०/७१ र ०७१/७२ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने उल्लेख थियो । अबको प्रस्तावमा आर्थिक वर्ष ०६९/७० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू मात्र पारित गर्ने बताइएको छ ।

यस अघि पुरानो तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने तयारी गरिएकोमा अब एक आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू मात्र पारित हुनेछ । साविक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भई राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट सञ्चालनमा रहेको छ । 

५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख ३९ हजार रूपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी समेत गरेको छ । लाभांश वितरणका लागि भने कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले रोक लगाएको छ । 

पछिल्लो आर्थिक वर्षको वास्तविक वित्तीय विवरणपछि मात्र लाभांश प्रस्ताव गर्न प्राधिकरणले निर्देशन दिएको छ । कम्पनीले पछिल्ला आर्थिक वर्षको वार्षिक लेखापरिक्षण गर्न बाँकी रहेको छ ।
 

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

Image

बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान ...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

Image

साधारण सभाले ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४