पर्यटन क्षेत्रको लगानी घट्यो, चार महिनामा ११ अर्ब मात्रै प्रतिवद्धता

३० कार्तिक २०७९

cover image

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पर्यटन क्षेत्रको लगानी घटेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आवको चार महिनामा यस क्षेत्रको लगानी घटेको हो । 

चालु आवको चार महिनामा पर्यटन क्षेत्रका लागि ११ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत वर्षको सोही अवधिमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको थियो । 

उद्योग विभागका अनुसार पर्यटन क्षेत्रका लागि साउनमा ७ अर्ब १० करोड ७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ  । पर्यटन क्षेत्रका ६ वटा उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । जसमा १५ करोड रुपैयाँ लगानीमा मारिया होटल एण्ड रेष्टुरेन्ट, २० करोड रुपैयाँ लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट, १५ करोड रुपैयाँ लगानीमा हुवालिन होटल एण्ड रेष्टुरेन्ट खुल्ने प्रतिवद्धता भएको छ । 

त्यस्तै, झापामा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार रुपैयाँ लगानीमा होटल ईन्ष्टर्न नेपाल प्रालि, २ अर्ब ५१ करोड रुपैयाँ लगानीमा आयुष्मान होटल्स लिमिटेड र २ अर्ब ४० करोड रुपैयाँ लगानीमा बुढानिलकण्ढ हेरिटेज लिमिटेडका लागि लगानी प्रतिवद्धता भएको छ ।  

त्यसैगरी, भदौ महिनामा पर्यटन क्षेत्रका लागि सबैभन्दा बढि १४ वटा उद्योगका लागि ४१ अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा ५ करोड ५० लाख रुपैयाँ लगानीमा जीमेन होटल, २० करोड रुपैयाँ लगानीमा ग्रिन ज्याकपटो इन्टरनेशनल प्रालि, ३७ करोड रुपैयाँ लगानीमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालिका लागि लगानी प्रतिवद्धता आएको हो । 

विभागका अनुसार सोही महिनामा पर्यटन क्षेत्रका लागि दर्ता भएका उद्योगमा ६० करोड रुपैयाँ लगानीमा ग्राण्ड सेन्ट्रल होटल प्रालि, १७ करोड रुपैयाँ लगानीमा पशुपती रेक्रिएशन प्रालि र २० करोड रुपैयाँ लगानीमा भेन्टेन इन्टरटेनमेन्ट प्रालि, २५ करोड रुपैयाँ लगानीमा किङसवरी इन्टरटेनमेन्ट प्रालि रहेका छन् ।  

त्यसैगरी, ३० करोड रुपैयाँ लगानीमा आजु होल्डिङ प्रालि, २० करोडमा रत्ना सर्भिसेज, २० करोडमा हाईमेइ होटल एण्ड रेष्टुरेन्ट, ३३ करोडमा होटल पञ्चावती प्रालि, ५५ करोडमा दोर्देज फार्म रिसोर्ट, ५ करोडमा  लोन्नी चिकेन चप प्रालि र ८६ करोड ४० लाख रुपैयाँ लगानीमा बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेड पनि भदौमा नै दर्ता भएको तथ्यांकमा उल्लेख छ । असोजमा भने २० करोड रुपैयाँमा प्लेजर नेपाल प्रालि दर्ता भएको छ । 
 

Image

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ निर्मा...

Image

काठमाडौं । पछिल्लो समय जलविद्युत क्षेत्रका उद्योगमा लगानीको आकर्षण ब...

Image

काठमाडौं । सिंगै संसदको मन जितेको नयाँ सरकारलाई विदेशी लगानीकर्ताहरु...

Image

नवलपरासी । नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ ...

Image

विरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ न...

Image

काठमाडौं । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४