जलविद्युत क्षेत्रका लागि एक खर्ब १ अर्बबढी लगानी प्रतिवद्धता

५ जेठ २०८०

cover image

काठमाडौं । पछिल्लो समय जलविद्युत क्षेत्रका उद्योगमा लगानीको आकर्षण बढेको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्तसम्म जलविद्युत क्षेत्रका लागि एक खबै बढी लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार यस अवधिमा जलविद्युत क्षेत्रका ३९ वटा उद्योगका लागि एक खर्ब एक अर्ब १४ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । जसमा ठूला उद्योग ३२ वटा, मझौता उद्योग ५ वटा र साना उद्योग एक रहेका छन् ।

साउन महिनामा सर्वाधिक लगानी प्रस्ताव

विभागका अनुसार साउनमा जलविद्युत क्षेत्रका ६ उद्योगका लागि ३० अर्ब ८ करोड ९७ लाख २५ हजार रुपैषँ लगानी प्रस्ताव आएको छ । जसमा सुम्रिना हाइड्रोपावर (पिखुवा जलविद्युत आयोजना) का लागि ७७ करोड ६४ लाख ९० हजार, तामाकोशी जलविद्युत्त कम्पनी (तामाकोशी पाँचौ जलविद्युत आयोजना) १६ अर्ब ४५ करोड ९८ लाख र कार्बोनलेस इनर्जीफण्डका लागि ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । 

त्यस्तै सोही अवधिमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (बुद्धम खोला जलविद्युत आयोजना) का लागि २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ, एस के इनर्जी डेभलपमेन्टका लागि एक अर्ब ३२ करोड ८ लाख र ओमेगा इनर्जी डेभलपर प्रालि (माथिल्लो सुनीगाड जलविद्युत आयोजना) का लागि ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । 

भदौमा ११ उद्योगका लागि २५ अर्बबढी लगानी प्रस्ताव

भदौ महिनामा आएको लगानी प्रतिवद्धता मध्ये जलविद्युत क्षेत्रका ११ उद्योगका लागि २५ अर्ब १६ करोड ४८ लाख ८२ हजार प्रस्ताव आएको छ । त्यस्तै ट्रष्ट इनर्जी लिमिटेडका लागि ५ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ, नुम्बुर दुधकुण्ड हाइड्रोपावरका लागि २ अर्ब १६ करोड २ लाख रुपैयाँ र यारु हाइड्रोपावरका लागि ५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ प्रतिवद्धता आएको छ । 

विभागका अनुसार यस अवधिमा हलेसी हाइड्रोपावरका लागि एक अर्ब ७ करोड ३८ लाख रुपैयाँ, गोर्खाज हिमालयन हाइड्रोपावरका लागि ८३ करोड ७८ लाख, हिमाल मोटो नेपालका लागि ६० करोड रुपैयाँ र शिखर पावर डेभलपमेन्ट (लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना) का लागि एक अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

त्यस्तै यस अवधिमा एलायन्स इनर्जी सोलुसन्सका लागि ८८ करोड २४ लाख रुपैयाँ, डाइनामिक पावर प्रालिका लागि ८४ करोड ३४ लाख रुपैयाँ, मेवा डेभलपर (सिवाखोला जलविद्युत आयोजना) का लागि २ अर्ब ७ करोठ ४५ लाख रुपैयाँ र सिल्क पावरका लागि ४ अर्ब ४० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

अन्य महिनामा कति आयो लगानी ?

विभागका अनुसार असोजमा जलविद्युत क्षेत्रका दुई उद्योगका लागि दुई अर्ब ९६ करोड ९६ लाख ७८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । जसमा बागमती वाटर इनर्जीका लागि एक अर्ब ३५ करोड ७५ लाख रुपैयाँ र माउन्टेन इनर्जी  नेपाल (मिस्टी खोला–२ क्यास्केड जलविद्युत आयोजना) का लागि एक अर्ब ६१ करोड २१ लख रुपैयाँ रहेको छ । 

कात्तिक महिनामा चार उद्योगका लागि १८ अर्ब २७ करोड ५३ लाख ५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । जसमा डायनामिक हाइड्रो इनर्जी ५ अर्ब ९१ करोड ६७ लाख, माथिल्लो मैलुङ खोला जलविद्युतका लागि दुई अर्ब ३४ करोड ३३ लाख दोर्दीखोला जलविद्युत कम्पनी (म्याग्दी खोला ए जलविद्युत आयोजना) का लागि ५ अर्ब १७ करोड ३२ लाख र दोर्दीखोला जलविद्युत कम्पनी (सुपर इन्खु जलविद्युत आयोजना) का लागि ४ अर्ब ८४ करोड १९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

विभागका अनुसार मंसिरमा ओम पावर कम्पनी प्रालि (ठुलीगाड खोला जलविद्युत आयोजना) का लागि ३ अर्ब ८७ करोड ७६ लाख १२ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । त्यस्तै पुसमा तीन उद्योगका लागि ८ अर्ब ६९ करोड ९३ लाख २२ हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस अवधिमा संखुवासभा पावर डेभलपमेन्ट (सुपर सभाखोला ए जलविद्युत आयोजना) का लागि एक अर्ब ७६ करोड २९ लाख, सुपर घलेम्दी हाइड्रोपावरका लागि एक अर्ब ८७ करोड १५ लाख र इसुवा इनर्जी प्रालिका लागि ५ अर्ब ६ करोड ४८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

त्यसैगरी माघमा जलविद्युत क्षेत्रका तीन उद्योगका लागि ३ अर्ब १० करोड ७१ लाख ३५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । जसमा कावेली हाइड्रोपावर कम्पनी (तल्लो तावा खोला जलविद्युत्त आयोजना) का लागि एक अर्ब ३५ करोड ८९ लाख, गुगेश्वरी इनर्जी प्रालि (तल्लो मेलम्ची जलविद्युत्त आयोजना) का लागि ८४ करोड २८ लाख र गुगेश्वरी इनर्जी प्रालि (माथिल्लो मेलम्ची जलविद्युत्त आयोजना) का लागि ९० करोड ५२ लाख रुपैयाँ प्रतिवद्धता आएको हो ।

विभागका अनुसार फागुनमा जलविद्युत क्षेत्रका ६ उद्योग दर्ता भएका छन् । उक्त उद्योगका लागि ३ अर्ब ८८ करोड ९७ लाख ८१ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जसमा घाम उर्जा सेवा प्रालिका लागि १० करोड ६२ लाख र त्रिकाल पावर कम्पनीका लागि ३७ करोड ८३ लाख रुपौयँ प्रतिवद्धता आएको हो । 

त्यसैगरी यस अवधिमा धौलागिरी नेचुरल फुड्स एण्ड हब्र्स का लागि १९ करोड रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनी (तल्लो इन्द्रावती जलविद्युत आयोजना) का लागि ७१ करोड ९८ लाख, गुल्मी हाइड्रो प्रालिका लागि ३५ करोड ८६ लाख र सुश्मित इनर्जी प्रालि (म्याग्दी खोला–बी जलविद्युत आयोजना) का लागि दुई अर्ब १३ करोड ६८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । 

विभागका अनुसार चैत महिनामा जलविद्युत क्षेत्रका तीन उद्योगका लागि ५ अर्ब ६ करोड ७६ लाख १४ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । जसमा इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडका लागि १८ करोड ५० लाख रुपैयाँ, सिन्धु ज्वाला हाइड्रोपावर (माथिल्लो नेशम खोला ए जलविद्युत आयोजना) का लागि ४ अर्ब ७ करोड ८६ लाख र हिमशिला हाइड्रोपावर कम्पनीका लागि ८३ करोड ९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । 

बैशाखमा जलविद्युत क्षेत्रका उद्योगका लागि लगानी प्रस्ताव आएको छैन । उद्योग विभागका अनुसार साउनदेखि बैशाख मसान्तसम्म स्वदेशी तथा विदेशी लगानीका २४८ उद्योगका लागि १ खर्ब ९२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । 

विभागका अनुसार खुल्ने तयारीमा रहेका यी उद्योगहरूले १८ हजार ५२४ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १३० वटा, मझौला उद्योग ६२ वटा र ठूला उद्योग ५६ वटा रहेका छन् ।
 

Image

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ निर्मा...

Image

काठमाडौं । सिंगै संसदको मन जितेको नयाँ सरकारलाई विदेशी लगानीकर्ताहरु...

Image

नवलपरासी । नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ ...

Image

विरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ न...

Image

काठमाडौं । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो...

Image

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई लिखित...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४