सरकारले सकेन वैदशिक लगानी भित्र्याउन, माघ महिना अति निराशाजनक

३ फाल्गुण २०७९

cover image

काठमाडौं । सिंगै संसदको मन जितेको नयाँ सरकारलाई विदेशी लगानीकर्ताहरुले भने नपत्याएको देखिएको छ । मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन आवश्यक पर्ने विदेशी लगानी आकर्षण गर्न समेत सरकार असफल बनेको देखिएको हो ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा जम्मा १ अर्ब ३९ करोड रुपैयाँको मात्र विदेशी लगानी प्रतिवद्धता आएको छ । जबकी यो रकम पुस महिनामा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको रहेको थियो ।

महिना बित्दाबित्दै राजनीतिक संकटतर्फ धकेल्लिएको सरकारप्रतिको विश्वास अन्तर्राष्ट्रिय क्षेत्रमा समेत घटेको प्रमाणको रुपमा यसलाई लिन सकिन्छ । नयाँ सरकार बन्नु अघि राजनीतिक अन्यौलता रहेका बेला मंसिर महिनामा ८० करोड ८० लाख रुपैयाँको मात्रै प्रतिवद्धता आएकोमा नयाँ सरकार बनेसँगै पुसमा लगानी प्रतिवद्धता उल्लेख्य मात्रामा बढेको थियो । 

तर, सरकारले विदेशी लगानीकर्ताहरुको विश्वास टिकाइ राख्न नसक्दा माघमा अप्रत्यासित ढंगले लगानी प्रतिवद्धता घटेको देखिन्छ । माघ महिनाको भन्दा साउन महिना यताका हरेक महिनाहरुमा लगानी प्रतिवद्धता उच्च देखिनुले हालको सरकार लगानी आकर्षित गर्ने सन्दर्भमा अघिल्लो सरकार भन्दा कमजोर रहेको पुष्टि गर्छ ।

चालु आवको पहिलो साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । उक्त विदेशी लगानी भदौ महिनामा पनि बढेको थियो । उद्योग विभागका अनुसार भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । 

विभागका अनुसार असोज महिनामा भने विदेशी लगानी प्रतिवद्धता घटेको पाइएको छ । असोजमा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो भने कात्तिक महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

सात महिनामा १८ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता 
विभागका अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म १८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा १४४ वटा उद्योगका लागि लागि १८ अर्ब ६३ करोड १० लाख रुपैैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

यस अवधिमा नयाँ कम्पनी र कम्पनीको शेयर खरिदका लागि ३५ उद्योगका लागि ९ अर्ब १३ करोड २ लाख ६९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसबाट ८६३ जनालाई रोजगारी प्रस्ताव भएको छ । 

विभागका अनुसार यस अवधिमा सबै भन्दा बढि लगानी सेवा मुलक क्षेत्रमा आएको छ । त्यस्तै उत्पादन मुलक क्षेत्र, उर्जा मुलक क्षेत्र, कृषि मुलक क्षेत्र, पर्यटन मुलक क्षेत्र, खनिज मुलक क्षेत्र, पुर्वाधार मुलक क्षेत्र र सूचना प्रविधि मुलक क्षेत्रका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा सबैभन्दा कम लगानी प्रतिवद्धता खनिज मुलक क्षेत्र र सूचना प्रविधिमुलक क्षेत्रमा रहेको छ । 

विभागका अनुसार माघ महिनासम्मका लगानीकर्ताहरु ९४६ जना रहेका छन् भने प्रतिनिधि तर्फ १२२ जना रहेका छन् । त्यस्तै आश्रित लगानीकर्ताहरुको संख्या ३१७ रहेको विभागले जनाएको छ । चालु आवको पुस मसान्तसम्म लगानीकर्ताहरुले एक अर्ब ७५ करोड ६३ लाख ५ हजार रुपौयँ बराबरको रोयल्टी संकलन गरेका छन् 
 

Image

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ निर्मा...

Image

काठमाडौं । पछिल्लो समय जलविद्युत क्षेत्रका उद्योगमा लगानीको आकर्षण ब...

Image

नवलपरासी । नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ ...

Image

विरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ न...

Image

काठमाडौं । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो...

Image

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई लिखित...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४