नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

२१ चैत्र २०८०

cover image

इलाम । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ । 

जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताए । मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ । 

पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।

केही कारखानाले यस वर्षको चिया उत्पादन गर्न थालेको बताइएको छ । हिउँदमा खाली रहेका चिया किसानसमेत अब भने व्यस्त हुने भएका छन् । चिया चैतबाट टिपाइ सुरु भएर कात्तिकदेखि उत्पादन बन्द हुन्छ ।  

चिसो मौसम सुरु भएसँगै चियाको उत्पादनसमेत बन्द हुने गरेको छ । कात्तिक र मङ्सिर महिनामा चियालाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा चियालाई गोडमेलसँगै गाई वस्तुको मल पनि लगाइने गरेको छ । चियाको टिपाइ करिब सात दिनको अन्तरमा हुने गरेको छ । 

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ । यसअघि भने ...

Image

हिमालयन डिष्टिलरी लिमिटेडले पुराना दुई  आर्थिक वर्षको लाभांश बुझ्न बाँकी सदस्यहरूलाई जतिसक्दो चाडो ब...

Image

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराब...

Image

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पे...

Image

यस अवस्थामा पुराना वर्षहरूको लाभांश बुझिलिन बाँकी इकाईधनीहरूलाई यथासिघ्र बुझिलिन योजना व्यवस्थापकले ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४