काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले चैत १ गतेदेखि विक्रीमा ल्याएको १२ प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप भएको छ कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रूपैयाँको आधारमा ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका यी हकप्रद शेयर खरीदका लागि फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने जानकारी कम्पनीले दिएको छ । यस अघि यो हकप्रद शेयर खरीदका लागि चैत ५ गतेसम्मको मिति तय भएकोमा उक्त दिन सार्वजनिक विदा परेकाले एक दिन थप गरी वैशाख ६ गतेसम्म कायम गरिएको हो ।
हकप्रद शेयर खरीदका लागि मेडिकेयर हस्पिटल लिमिटेडको रजिष्टर्ड कार्यालय चावहित, काठमाडौंबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र आवेदन नदिएको खण्डमा कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम त्यसरी जफल गरिएको शेयर कम्पनीको सम्पत्ति हुने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।