हिमालयन लाइफको व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट

९ बैशाख २०८१

cover image

काठमाडौं । साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स गाभिई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले २०८१ साल बैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण तथा पुनर्जागरण गर्दा विभिन्न शर्तको अधिनमा रहि बीमाशुल्कमा लाग्ने बिलम्व शुल्कमा छुट दिने भएको हो ।

तीन वर्षसम्म बीमालेख व्यतित भएको अवस्थामा बीमाशुल्कको ब्याज तथा जरिवानामा शतप्रतिशत छुट दिने जानकारी कम्पनीले दिएको छ । त्यस्तै ३ वर्ष माथि देखि ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत, ५ वर्षमाथी देखि ७ वर्षसम्म व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष माथी देखि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज तथा जरिवानामा छुट प्रदान गर्ने कम्पनीको भनाई छ ।

उल्लेखित किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीबाट ब्याज तथा जरिवान छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू बीमालेख नविकरण भएका मितिले दुई वर्ष भित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज तथा जरिवाना वापतको रकम कट्टा गरिने कम्पनीले जानकारी दिएको छ । 
 

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

Image

बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान ...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

Image

साधारण सभाले ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४