बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

८ बैशाख २०८१

cover image

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति  बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । “अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर  सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उनले भने । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उनले दिए । 

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उहाँले बताए । काठमाडौं प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुुसीको कुरा भएको बताए । मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म  निःशुल्क उपलब्ध गराउनेछ । 

Image

पूर्व अर्थमन्त्री डा महतले विद्युतीय सवारीसाधनमा कर छुट दिँदा सरकार ठगिएको, व्यवसायीले गलत फाइदा उठा...

Image

रसुवागढी नाकाबाट पहिलोपटक एउटै लस्करकासाथ ठूलो सङ्ख्यामा विद्युतीय कार भित्रिएको स्थानीयले बताएका छन...

Image

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा...

Image

विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध बलियोसँग धाबा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीक...

Image

विभिन्न मितिमा हराएका २४ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनील...

Image

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४