बीमा व्यवसाय: जीवन बीमा कम्पनीहरुले एक खर्ब शुल्क उठाउँदा निर्जीवनहरूको २९ अर्ब संकलन

१४ बैशाख २०८१

cover image

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब भन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ शुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क संकलनका लागि कम्पनीहरुले १ करोड ३८ लाख ३२ हजार ६०१ वटा बीमालेख बिक्री गरेका थिए । 

त्यस्तै, चैत्र महिनामा मात्रै बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन बीमाशुल्क प्रथमबाट २ अर्ब ७९ करोड ६६ लाख र नवीकरणबाट ८ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ संकलन भएको हो । 

बीमा प्राधिकरणका अनुसार तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमा उनीहरूले २१ लाख ९३ हजार ५५७ वटा बीमालेख बिक्री गरेका थिए । 

त्यसैगरि, चैत्र महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ लाख ७६ हजार ८८१ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।   

 

 

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

Image

बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान ...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

Image

साधारण सभाले ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४