अरुणभ्याली हाइड्रोको अवितरित हकप्रद शेयर सोमबारदेखि लिलामीमा

९ बैशाख २०८१

cover image

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर वैशाख १० गते (सोमवार) देखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले वैशाख २४ गतेसम्म जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याउन लागेको हो । 

कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन सकेको थिएन । 

सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागिएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ रहेको छ । लिलामी प्रक्रियाबाट सम्पूर्ण कित्ता हकप्रद शेयर विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकित्ता १०० रूपैयाँमा लिलामीमा आउने यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आवेदन विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय भक्तपुर, ललितपुर, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, दाङ, नेपालगंज, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न र पेश गर्न सकिनेछ । अरुणभ्याली हाइड्रोपावरले ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।
 

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक ...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

आवेदकहरूले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो ।  कम्पनीले फागुन १८ ग...

Image

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसक...

Image

वैशाख ९ गतेसम्मका लागि कम्पनीले अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयर निष्क...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४