१३.४७ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा

७ बैशाख २०८१

cover image

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य गिरावट आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको हो ।  

बैंकहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आवको सोहि अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । 

१३ वटा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । जसमध्ये पनि नेपाल बैंकको नाफामा सर्वाधिक गिरावट आएको छ । तेस्रो त्रैमासम्ममा १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको सोहि अवधिमा यस बैंकले १ अर्ब ७८ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, एनआइसी एशिया बैंकको पनि ५२.३१ प्रतिशतले नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासम्म ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ नाफा कमाएको यस बैंकले चालू आवको तेस्रो तैमासम्ममा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । माछापुच्छ्रे बैंकको नाफा पनि ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँमा सिमित बनेको छ । 

तेस्रो तैमासम्ममा नेपाल एसबिआई बैंकको नाफा ३५.४४ प्रतिशतले घटेर १ अर्ब १६ करोड ४१ लाख ७७ हजारमा सिमित हुँदा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३७ करोड ४८ लाख २३ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । 

त्यसैगरि, तेस्रो त्रैमाससम्ममा एनएमबी बैंकले २ अर्ब २४ करोड १५ लाख ९५ हजार, सानिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख ४२ हजार, नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार, प्रभु बैंकले १ अर्ब ८१ करोड २४ लाख ५८ हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड ७१ लाख २२ हजार र सिटिजन बैंकले १ अर्ब २१ करोड १४ लाख १६ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोहि अवधिको तुलनामा यी बैंकहरुको नाफा घटेको हाे ।  

सात वणिज्य बैंकहरूको नाफा भने बढेको छ । चालू आवको चैत्र मसान्तसम्म कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढेको छ । गत आवको सो अवधिमा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको यस बैंकले चालू आवको तेस्रो त्रैमासम्म २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाा नाफा कमाएको छ । 

तेस्रो त्रैमासम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ५९ लाख ३ हजार नाफा कमाउँदा प्राइम कमर्सियल बैंकले २ अर्ब ८७ करोड ८७ लाख ४६ हजार रुपैयाा नाफा गरेको छ । यस अवधिमा सिद्धार्थ बैंकले १ अर्ब ६८ करोड ४० लाख ९० हजार, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८१ लाख ८१ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार र एभरेष्ट बैंकले २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएका छन् । 

Image

केन्द्रीय बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३ कराेड ...

Image

आज अमेरिकी डलरसहित बेलायती पाउन्डको मूल्य बढेको छ ।

Image

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २ करोड १९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको ...

Image

प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था क...

Image

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले एक सूचना जा...

Image

मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार २ हजार ७०० रुपैयाँको उच्च गिरावट आएको थियो ।

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४