सिटिजन लाइफको ‘जेन जेड’ लक्षित कार्यक्रम सञ्चालन

१० बैशाख २०८१

cover image

काठमाडौं । नव वर्ष २०८१ सालको आगमनसँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवाग्राहिहरुलाई सहायता पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमहरू तयार पारेको छ । उक्त कार्यक्रमहरू मध्यको एक जेन जेड (जेनेरेसन–जेड) रहेको छ ।

युवा पुस्ताहरूलाई मध्य–नजर गर्दै “सिटिजन विथ जेन जेड”  कार्यक्रमहरू सञ्चालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानीको महत्वबारे बुझाउने र युवा वर्गहरू आकर्षित हुने कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई सचेत गराउने र चाहिने सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरू मध्ये कान्छो कम्पनीहरूमा पर्दछ । 

यस कम्पनीमा कार्यरत कर्मचारीहरू पनि धेरै जसो युवा उमेर समूहकै छन् । सायद त्यसैले नै होला यस कम्पनीले सधैँ जोस र जागरका साथ नयाँ र आक्रामक रणनीति लिएर व्यापार प्रतिस्पर्धा उच्च स्थान हासिल गरी  सधैँ आफूलाई प्रमाणित गर्दै आइरहेको छ । हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरू आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरूमा सहभागी हुने साथै विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ । 

यसै वर्षदेखि विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र सांस्कृतिक परिभाषाका कर्मचारीहरू मध्ये विविधतामा समावेशिताको भावना जगाउनका लागी विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गराउने तयारी गरेको छ ।   

 

Image

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार  यस ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’को...

Image

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रूपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले तोके बमोजिम ...

Image

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को लागि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावल...

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४