शीर्षकहरू

नौ महिनासम्म प्रभु महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन दुई अर्ब ९६ करोड

नौ महिनासम्म प्रभु महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन दुई अर्ब ९६ करोड

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले चालू आर्थिक वर्षको ९ महिनासम्म २ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुनलामा यस वर्ष कम्पनीको खुद बीमाशुल्क आम्दानी १०२ दशमलव ८४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीको खुद नाफा भने करिब ३९ प्रतिशत बढी भएको छ । गत वर्ष ९ महिनासम्म १९ करोड ३८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । कुल आम्दानी १०४ प्रतिशत गरेको कम्पनीको कुल खर्च पनि यस वर्ष ११७ प्रतिशत बढी भएको छ । 

गत वर्ष १ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष १ अर्ब ६६ करोड रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष २.३ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रूपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले तोके बमोजिम ५ अर्ब चुक्तापूँजी हालसम्म कम्पनीले कायम गर्न सकेको छैन् । तेस्रो त्रैमाससम्म कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रूपैयाँभन्दा बढी र रिटर्न अर्निगमा ७५ करोड ५५ लाख रूपयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १२३ रूपैयाँ ३५ पैसा छ ।