शीर्षकहरू

सूर्यज्योति लाइफको ‘डाइनामिक क्युआर’ सेवा सञ्चालन

सूर्यज्योति लाइफको ‘डाइनामिक क्युआर’ सेवा सञ्चालन

काठमाडौं । सूर्यज्योति लाइफले ‘डाइनामिक क्युआर’ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रूपमा ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको हो । 

‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’को उपयोगले बीमितहरुले जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ ।  

‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ मा विभिन्न बैंकको नियमानुसार अधिकतम तीन लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको छ । फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपीएस लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।    

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार  यस ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’को मद्दतले सेवाग्राहीहरूले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइट मार्फत आफ्नो विवरण भरि ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ प्राप्त गर्ने र सो ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ गरि छिटो छरितो रूपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै  भुक्तानीको विवरण सेवाग्राहीहरूले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नेछन् ।