सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २१ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

१० बैशाख २०८१

cover image

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २१ करोड बढीको बीमाको दाबी भुक्तानी गरेको छ ।  अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षतिको भुक्तानी गरेको हो । हाइड्रोको २०८० असार २ गते संखुवासभामा गएको बाढीबाट  क्षति भएको थियो । उक्त क्षतिको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको  भएको थियो । 

सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज, लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा  २१ करोड १९ लाख ६० हजार ५०० रुपैयाँको दावी फछ्र्यौट गरेको हो । 

कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत १० करोड ४५ लाख ३१ हजार ५०० रुपैयाँ बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्रीले हस्तान्तरण गरेका थिए । उक्त हाइड्रोको  सम्पत्ति क्षति वापतको बीमा रकम १० करोड ७४ लाख २९ हजार रुपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो । 

Image

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट ९ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीम...

Image

बीमा प्राधिकरणका अनुसार तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख रुपैया...

Image

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्याल...

Image

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिनुपर्नेछ । आगामी ३५ दिनभित्र विद्यम...

Image

कम्पनीले कर समेत २४ दशमलव ७४ प्रतिशत नगद लाभांश समेत यस वर्ष वितरण गर्नेछ । उल्लेखित प्रस्तावहरू सँग...

Image

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र०८० को वासल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४