सानिमा जीआइसी इन्स्योरेन्स को साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद निष्कासन गर्ने

३० चैत्र २०८०

cover image

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अमृतभोग कालिकास्थान काठमाडौंमा सम्पन्न सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको  छ । त्यस्तै, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी २ अर्बको २५ प्रतिशत बराबर ५० करोडको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९ र०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

 सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेकोछ । सानिमा जिआईसी इन्स्योरेन्सको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र ०८० आषाढ मसान्तको वासलात, मिति २०७९र०४र१ गते देखि २०८०र०३र३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र०८० को वासलात, मिति २०७९ साउने१ गतेदेखि २०७९र ०७र०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०र०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक ...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

आवेदकहरूले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो ।  कम्पनीले फागुन १८ ग...

Image

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसक...

Image

वैशाख ९ गतेसम्मका लागि कम्पनीले अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयर निष्क...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४