सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता पौडेल

२९ चैत्र २०८०

cover image

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताएका छन । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले बुधबार यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए ।
      
“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो”, उनले भने । 
     
नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गरे । उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गरे । “जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन”, नेता पौडेलले भने ।
      
नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेण्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।      
नेवि सङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्र सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेविसङ्घका नेताहरु सुवास पौडेल, पुजन गन्धर्व, डा कला पन्त, सुदीप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढङ्गले सङ्गठन अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । 

Image

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नि...

Image

सहकारीहरुले विना धितो सुरक्षणका आधारमा गरेको घरजग्गा, कम्प्लेक्स, सपिक सेन्टर तथा सेयर बजारमा गरेको ...

Image

पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । स्वायत्...

Image

उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्...

Image

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ । ...

Image

मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४