शीर्षकहरू

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निश्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीले पाँच बुँदे प्रतिवद्धता जाहेर गरेको छ भने नीगित तथा कानूनी अनुकूलनका लागि सरकारसमक्ष साँत बुँदे माग गरेको छ ।

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नियमन र स्वअनुशासनका माध्यमबाट प्रबद्र्धन, सुदृढिकरण र शुद्धिकरण गर्न १२ बुँदे प्रतिवद्धता जारी गरिएको नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर अधिकारीले बताए ।

गोष्ठीले खराब नियत राखी बचत अपचलन गर्नेलाई निर्ममतापुर्वक कारबाही गर्न, एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन, वित्तीय कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै कानूनको माग समेत गरेको छ । त्यस्तै विद्यमान सहकारी ऐनमा भएको बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण लगायत अन्य व्यवस्थाहरु अविलम्ब लागू गर्न नेफ्स्कूनको माग छ ।