शीर्षकहरू

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर पारित

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर पारित

काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को सयुक्त वार्षिक साधारण सभा सोमवार काठमाडौंमा सम्पन्न गर्दै कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको हो ।  

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसकेको छ । कम्पनीलाई १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि आयोगले अनुमति दिएको हो । आयोगको अनुमतिपछि वार्षिक साधारण सभामार्फत स्वीकृति प्रदान भएको हकप्रद शेयर निष्कासनका लागि अब प्रक्रिया अघि बढ्ने बाटो खुला भएको छ । 

अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर मात्र हकप्रद शेयर निष्कासन गर्न सक्नेछ । बोर्डमा आवेदन दिनका लागि अनिवार्य रहेको विद्युत नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भैसकेकाले वार्षिक साधारण सभाको स्वीकृतिपछि अब प्रक्रिया अघि बढ्न जानकारी कम्पनीले दिएको छ ।  

वार्षिक साधारण सभाबाट हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८९ लाख रूपैयाँ कायम हुनेछ ।