काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चैत २९ गतेदेखि विक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको ११ लाख ३५ हजार ६५७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ६० हजार ६०२ जना आवेदकहरूमा ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको शेयर लिलामीमा विक्री गरेको हो ।
वैशाख ९ गतेसम्मका लागि कम्पनीले अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले यी शेयर विक्री गर्न लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्नेछ ।
कम्पनीले १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रूपैयाँ कायम हुनेछ । यस कम्पनीको संस्थापकतर्फको शेयर २०७३ साल चैत १८ गतेदेखि सर्वसाधारण शेयर सहर कारोबार योग्य भएको छ ।