गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि

४ बैशाख २०८१

cover image

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको समाचार आज मंगलबार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।

जीबी राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा रवि लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ । जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

समाचारमा जनाइए अनुसार अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछ समेत पनि गरेको छैन। उनलाई प्रहरीले अभियुक्त बनाएन भने सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनैपनि प्रतिक्रिया नदिई मुद्दा दायर गरेको छ ।

सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ । गोरखा मिडिया नेटवर्क त्यही संस्था हो, जसले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । जसमा रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो ।

सहकारीमा रकम बचत गरेका १८ सय २८ जना बचतकर्ताहरुको उजुरीपछि सहकारीको रकम हिनामिना, अपचलन र ठगीमा इलाका प्रहरी बुटवलले अनुसन्धान गरेको थियो ।सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि रुपन्देही प्रहरीले गरेको अनुसन्धानको मिसिलमै लामिछानेले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेका प्रमाणहरु उल्लेख छन् । तर प्रहरीले लामिछानेसँग सामान्य सोधपुछ समेत गरेको छैन । सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनै प्रतिक्रिया नदिई लामिछानेबाहेकका व्यक्तिहरुविरुद्ध मात्रै मुद्दा दायर गरेको छ ।

Image

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नि...

Image

सहकारीहरुले विना धितो सुरक्षणका आधारमा गरेको घरजग्गा, कम्प्लेक्स, सपिक सेन्टर तथा सेयर बजारमा गरेको ...

Image

पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । स्वायत्...

Image

उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्...

Image

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ । ...

Image

मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४