एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

४ बैशाख २०८१

cover image

तनहुँ  । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड रुपैयाँको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड रुपैयाँ जम्मा भएको हो । 

करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास र एक सय रुपैयाँका दरले क्रमिक रुपमा बचत गर्दै आउँदा अहिले आठ करोड पुगेको हो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । 

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको छ । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, “सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सय रुपैयासम्म जम्मा गर्न थालेका छन् ।”

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर पन्ध्र लाख रुपैयाँसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । 

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा रु एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र  श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन् । 

वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिईन ।  

Image

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नि...

Image

सहकारीहरुले विना धितो सुरक्षणका आधारमा गरेको घरजग्गा, कम्प्लेक्स, सपिक सेन्टर तथा सेयर बजारमा गरेको ...

Image

पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । स्वायत्...

Image

उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्...

Image

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ । ...

Image

मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४