डिएभी विद्यालयमा सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ सम्पन्न

१४ बैशाख २०८१

cover image

काठमाडौं । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ बुधबार विद्यालयको सभागृहमा भव्यरूपमा सम्पन्न भएको छ । भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो । डिएभी विद्यालयको तर्फबाट विभिन्न प्रकारका सामूहिक तथा एकल प्रस्तुति रहेका थिए । 

डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले  संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कथक नृत्य र शिव प्रसाद एन.एन. को बेजोड गीत र सङ्गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए । त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीहरुले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्यलाई बेजोड रूपमा प्रस्तुत गरेका थिए । 

साथै केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत सङ्गीतलाई समेत क्लासिकल विद्याका विभिन्न तालमा प्रस्तुत गरेका थिए । तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डिएभी विद्यालयका विद्यार्थीहरुले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, सङ्गीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो ।   

Image

शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो ...

Image

आगामी वर्षहरूमा समेत पुराना मुद्दाहरूको फछ्यौट हुन गई सर्वसाधारणले छिटो छरितो रूपमा न्याय प्राप्त गर...

Image

तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम ...

Image

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशास...

Image

ओखलढुङ्गा । वनमा आगो लगाएको अभियोगमा ओखलढुंगाबाट दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका-११...

Image

काठमाडौं । राइड सेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'पठा‌ओ फुड फेस्ट २०२४' म...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४