उपत्यकाका सार्वजनिक रुखमा बेरिएको झिलिमिली हटाउन थालियो

cover image

काठमाडौं । रुखमा  अनावश्यक झिलमिले बत्तीले चरा  र  किरा  फट्याङ्ग्रालाई  असर  पारेको  भन्दै  अभियानकर्मीले  सार्वजनिक  स्थानका  रुखमा  राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक   आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा   अनावश्यक   रूपमा राखिएका   बत्ती   भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो । 

पहिलो  चरणमा  काठमाडौँको  न्युरोडको  पिपलबोटमा  राखिएका  बत्ती  अभियानकर्मीले  हटाएका हुन् । झट्ट हेर्दा आकर्षक देखिए पनि त्यसले  रुखको  आयु  घटाउने,  चराले  रातको  समयमा सुत्न नपाउने समस्या बढेको भन्दै हटाएको अभियानकर्मीले उल्लेख गरेका छन् । अभियानकर्मी जीवनपति श्रेष्ठले रुख साझा सम्पत्ति भएको र रुखसँगै हजारौँ जीवजन्तु आश्रयमा पर्ने  भएकाले  रुखमा  राखिएका  अनावश्यक  झिलमिले  बत्ती  हटाइएको  बताउनुभयो  ।

उहाँले  सुरुमा  मान्छेले  थाहा  नपाएर  त्यस्ता  बत्ती  राख्ने  गरेको भए पनि त्यसको असरबारे थाहा पाएपछि हटाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । धेरै ठाउँमा स्वेच्छाले हटाउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । बत्ती  हटाउन  विद्युत्को  जोखिमसमेत  हुने  भएकाले  बत्ती  हटाउन  परेमा  आफ्नो  समूहसँग  सम्पर्क राख्न अनुरोध गर्दै त्यस्ता बत्तीका अनेकौँ बेफाइदा हुने उहाँले बताउनुभयो । उहाँले नेपालभरमा राखिएका त्यस्ता बत्ती हटाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

 रुख सबैको साझा भएको र कृत्रिम प्रकाशका कारण चराको जीवन नै सङ्कटमा परेकोतर्फ सचेत रहन आग्रह उहाँले गर्नुभयो । उहाँले रुखमा राखिएको झिलिमिली बत्ति विकास र समृद्धिको सूचक नहुने बताउँदै त्यस्ता कार्य गर्दा धेरै पटक सोच्न आवश्यक रहेको  बताउनुभयो  ।    धेरै  बत्ती  बालेर  उज्यालो  बनाउँदा  समृद्धि  नआउने  तर  धेरै  आवाजविहीन  प्राणीलाई  राम्रोसँग  सुत्न  नसक्ने  स्थिति  सिर्जना  गराएको उहाँले बताउनुभयो ।

Image

सरकारे भूमि  ऐन,  राष्ट्रिय  निकुञ्ज  तथा वन्यजन्तु  ऐन,  विद्युतीय  (इलोक्ट्रोनिक)  कारोबार  ऐन, वि...

Image

त्यो  हामीलाई  थाहा  छैन । तपाईंहरूले बस्तीमै आएर भत्ता वितरण गर्नु पर्छ भनेका छौँ र उहाँहरूले हुन्छ...

Image

लगानी सम्मेलन तयारी समितिले पनि लगानी सहजीकरणसम्बन्धी विधेयकसहित लगानीमा देखिने कानुनी र नीतिगत अप्ठ...

Image

व्यवस्थापकीय  लापरबाही  र  राजनीतिक  हस्तक्षेपका  कारण  काठमाडौँ  अनामनगरस्थित  सिंहदरबार   वैद्यखान...

Image

अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपि...

Image

महानगरपालिका शिक्षा  विभागका  अनुसार  महानगरपालिकाभित्र  अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम रा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४