काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । वैशाख १५ गते अपरान्ह ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा कम्पनीले विशेष साधारण सभा बोलाएको हो ।
चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गरी आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । कम्पनीको जारी पूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने र सोको अख्तिारी दिने सम्बन्धमा समेत सभामार्फत निर्णय गर्नेछ । यस अघि पनि गत मङ्सिर १५ गते सम्पन्न प्रथम वार्षिक साधारण सभामार्फत कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।