करको विरोधमा माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने

१७ माघ २०८०

cover image

काठमाडौं । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए । 

“विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ”, महासचिव महर्जनले भने, “मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा यस्तो निर्णय लिन बाध्य भएका हौँ ।”

उनले देशभर एक सय ५० चलचित्र भवन मात्र सञ्चालनमा रहेको बताउँदै यो सङ्ख्या अझै घट्दो रहेको जानकारी दिए । थपिएको करले व्यवसाय सञ्चालन गर्न गाह्रो भएको चलचित्र व्यवसायीको गुनासो छ । अहिले नेपाली चलचित्र प्रदर्शन भएबापत स्थानीय मनोरञ्जन कर बापत पाँच प्रतिशत, मूल्य अभिवृद्धि करबापत १३  प्रतिशत गरी १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । विदेशी चलचित्र प्रदर्शन भएबापत यसमा १५ प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ ।  

Image

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरह...

Image

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्...

Image

एजेन्सी । भारत सरकारले अश्लील सामाग्री प्रसारण गर्ने १८ वटा ओभर द टप (...

Image

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध का...

Image

कम्पनीमा सचिनको लगानीको हालको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । आजाद इन्जिनियरिङको शेयरले पछिल्लो...

Image

दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, फिल्म...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४