हिमालयन सेक्युरिटिज लिमिटेडको कारोबार सञ्चालन

१३ बैशाख २०८१

cover image

काठमाडौं । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता पूँजी ६० करोड रहेका छ ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो । ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको जनाएको छ ।  
 

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४