गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

१६ बैशाख २०८१

cover image

एजेन्सी । गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ । विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ । हामी यस्तो क्षणमा भेट्छौं जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ ।’ 

एएफपीले इजरायली आधिकारिक तथ्याङ्कको आँकडाअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय  आक्रमणबाट सुरु भएको गाजा युद्धका कारण करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणका क्रममा गत अक्टोबर ७ मा लडाकुहरूले कब्जामा लिएका १२९ जना बन्धकहरू अझै गाजामा रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ । 

बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिए । 

सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ)का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्ने कार्यक्रम तय भएको बताए । 

उनले भने, “गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ ।  सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।”

हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।

साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।

साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्याउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।  

Image

प्याकेजिङमा चिनी रहित भएको दाबी गर्ने धेरै उत्पादनहरूमा वास्तवमा उच्च मात्रामा फ्याट हुन सक्छ। जबकि ...

Image

रिपोर्टका अनुसार चीनबाट भारतको आयातको कुरा गर्ने हो भने त्यो पनि बढेको छ । आर्थिक वर्ष २०२३/२४ मा ची...

Image

एजेन्सी । अमेरिकामा क्रेडिट कार्ड चलाउने मानिसहरू सधैँ निकै ठूलो ऋणको ...

Image

कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा (एफएसबी) बाट दुई ड्रोन र गोला बारुद प्राप्त ...

Image

भारतको १० शहरहरू नयाँ दिल्ली, श्रीनगर, गुवाहाटी, बेंगलुरु, गोवा, तिरुवनन्तपुरम, कोच्चि, कालीकट, कुन्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४