दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

१३ बैशाख २०८१

cover image

काठमाडौं । दुई कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि बिहीवार सूचना जारी गरेका छन् । एनएमबि बैंकले १० हजार ७३२ कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ हजार ८०५ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो । 

एनएमबि बैंकले प्रतिकित्ता १२० रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले एनएमबि बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार ७३२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । वैशाख २० गते दिउँसो ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी एनएमबि बैंकले दिएको छ ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तले प्रतिकित्ता २५० रूपैयाँ अंकित मूल्यमा वैशाख २१ गतेसम्म आवेदन पेश गर्न सकिने गरी उल्लेखित कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीको शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको कम्पनीको भनाई छ । सूर्योदय वोमी लघुवित्तले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको बताएको छ ।
 

Image

नेप्सेमा आज ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्...

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४