चिरख्वा हाइड्रोपावर ८ लाखभन्दा बढी नोक्सानीमा

१३ बैशाख २०८१

cover image

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चिरख्वा हाइड्रोपावर लिमिटेड ८ लाख ७९ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिरहँदा यस कम्पनीले भने बल्ल दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

पहिलो त्रैमाससम्म ५ लाख ५६ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको दोस्रो त्रैमाससम्मा खद नोक्सानी बढेको हो । कम्पनीको कुल खर्च बढेसँगै खुद नोक्सानीमा असर परेको हो ।  कर्मचारी खर्च पहिलो त्रैमाससम्ममा १ लाख ४८ हजार रूपैयाँभन्दा बढी भएकोमा दोस्रो त्रैमाससम्मा ३ लाख ३१ हजार रूपैयाँभन्दा बढी भएको छ । 

त्यस्तै, व्यवस्थापकिय खर्च पहिलो त्रैमासम्म ४ लाख ७ हजार रूपैयाँभन्दा बढी भएकोमा दोस्रो त्रैमाससम्म ५ लाख ४८ हजार रूपैयाँभन्दा बढी भएको छ । दोस्रो त्रैमासम्ममा कम्पनीले निर्माण गरेको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । यस अवधिसम्म योजनाले विद्युत विक्री आम्दानी भने गरेको छैन । 

हाल कम्पनीको चुक्तापूँजी ४० करोड रूपैयाँ रहेको छ । रिटर्न अर्निग भने यो त्रैमाससम्म ३ करोड ९८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ५४ करोड ७९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ६ करोड २८ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको कुल सम्पत्ति ३९ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेकोमा कुल दायित्व ६८ करोड ९२ लाख रूपैयाँभन्दा बढी छ । दोस्रो त्रैमाससम्म कम्पनी २२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रसितशेयर नेटवर्थ ९९ रूपैयाँ छ ।

Image

विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र अन्तरगतका ६...

Image

कुल आम्दानी यस वर्ष ३ दशमलव ३४ प्रतिशत बढेको कम्पनीको कुल खर्च ७ दशमलव ३३ प्रतिशत कम भएको छ । यस वर्...

Image

गत वर्ष १९ करोड ७२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २२ करोड १५ लाख रूपैयाँभन्दा ...

Image

यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेकाले खुद नोक्सानी कम भएको हो । गत वष १९ करोड ७ लाख रूपैयाँभन्दा बढी...

Image

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा ख...

Image

चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गङ्गाधर तिवारीले वडालाई प...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४