अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

१२ बैशाख २०८१

cover image

एजेन्सी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्यांकले जनाएको छ । तथ्यांकमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । 

यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा चार दशमलव एक प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ । एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा शून्य दशमलव सात प्रतिशत र १२ महिनाअघिको तुलनामा चार दशमलव नौ प्रतिशतले बढी थियो । एबिएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए । “राजधानीका सहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ”, उनले भने । 

तीन महिनाको अवधिमा शिक्षा खर्च पाँच दशमलव नौ प्रतिशत र स्वास्थ्य खर्च दुई दशमलव आठ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य शून्य दशमलव सात प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक  पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।      

Image

जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर ला...

Image

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट...

Image

एजेन्सी । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ...

Image

खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा  सरकारी कर्मचारीहरूका लागि घरबा...

Image

स्पाइस बोर्डले १०.७ सेल्सियसभन्दा माथिको तापक्रममा इथाइलिन अक्साइडलाई ज्वलनशील, रंगहीन ग्यासको रूपमा...

Image

यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जना...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४