अन्नपूर्ण हल तीन हप्तादेखि बन्द, पाएन दर्शक

२४ माघ २०८०

cover image

सांकेतिक फाेटाे

लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले बताए । 

बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो । सञ्चालक बस्नेतका  अनुसार चलचित्र हेर्ने युवापुस्ता  वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ । 

हल बन्द गर्नुपर्दा दैनिक रु पाँच हजार घाटा हुने गरेको दुखेसो उनले गरे । “ हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु,” आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको बताउँदै उनले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको बताए । 

विसंं २०४५ मा यस हल स्थापना भएको थियो । विगतमा जिल्लामा यो हल बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोतीपसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्णरुपमा बन्द छ ।  

Image

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरह...

Image

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्...

Image

एजेन्सी । भारत सरकारले अश्लील सामाग्री प्रसारण गर्ने १८ वटा ओभर द टप (...

Image

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध का...

Image

कम्पनीमा सचिनको लगानीको हालको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । आजाद इन्जिनियरिङको शेयरले पछिल्लो...

Image

दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, फिल्म...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४