आरविवि म्युचुअल फण्डको १ अर्बभन्दा बढी लगानी

११ बैशाख २०८१

cover image

काठमाडौं । आरविवि म्युचुअल फण्ड –१ ले चैत मसान्तसम्म धितोपत्रमा १ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ । धितोपत्र दलाल कमिसन सहित योजनाले उक्त रकम बराबर धितोपत्रमा लगानी गरेको जानकारी दिएको हो । 

यस अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा १८ करोड ७५ लाख रूपैयाँ लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ८७ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । 

चैत मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ९ रूपैयाँ ८३ पैसा कायम रहेको छ । फागुन मसान्तसम्म यो मूल्य १० रूपैयाँ ५ पैसा थियो । चैत मसान्तसम्म योजनाले २ करोड ७४ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । फागुनको तुलनामा योजनाको नाफा चैतमा घटेको हो । 

फागुन मसान्तसम्म योजनाले ५ करोड ५० लाख रूपैयाँभन्दा बढी नाफा गरेको थियो । चैतमा योजनाले ४३ करोड २ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ भने १ करोड ५७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ । 

Image

यसै सम्वन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनम...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

Image

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था,...

Image

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी म...

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

कम्पनीको ११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२९ ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४