सिद्धार्थ बैंकले पायो ‘अन्तर–बैंक पुरुष फुटसल’ को उपाधि

१३ बैशाख २०८१

cover image

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । 

बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप–महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । 

सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए । 
 

Image

माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री काल...

Image

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी ब...

Image

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने मन्त्रालयले जनाएको छ ।

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४