निलगिरी खोला हाईड्रोले बोलायो विशेष साधारण सभा

२९ चैत्र २०८०

cover image

काठमाडौं । निलगिरी खोला हाईड्रो पावर कम्पनी लिमिटेडले वैशाख २० गते विशेष साधारण सभा बोलाएको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आरबी कम्प्लेक्स, लाजिम्पाट, काठमाडौ.मा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणमा प्रारम्भिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणका लागि छुट्याईएको शेयर वाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी शेयरका सम्बन्धमा समेत आवश्यक निर्णय सभाले गर्नेछ ।

कम्पनीले यस अघि फागुन ४ गते सम्पन्न वार्षिक साधारण सभा बाट जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्ने प्रस्ताव पारित गरेको थियो । १२ प्रतिशत शेयर बाहेकको १२ लाख कित्ता शेयर प्रतिशेयर १०० रूपैयाँमा कम्पीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेलाई आवश्यक प्रक्रिया पुरा गरी शेयर विक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको थियो । यद्यपी कम्पनीले पुनः विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिन लागेको हो ।

Image

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराब...

Image

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा २० लाख कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धक निय...

Image

यस अघि पुरानो तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने तयारी गरिएकोमा...

Image

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा आज नहुने भएको छ । कम्पनीले विशेष कारणले आजको सभाको स्थगित भए...

Image

सभाले संस्थापक शेयरधनी समूहबाट थ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने,  बिमल कुमार सावरथिया, ...

Image

सोपान मल्टिपलको साधारण सभा बैशाख ४ गते हुने भएको छ । काठमाडौंको लैनचौरमा दिनको १ बजे हुने साधारणसभाम...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४