सर्वाेत्तम सिमेन्टको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्यो

१३ बैशाख २०८१

cover image

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले गत बैशाख १२ गते आप्mनो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।

सभाले  लेखापरिक्षकको  प्रतिवेदन  सहितको  २०८०  आषाढ  मसान्तको  वासलात,  सोही  मितिमा  समाप्त भएको आ.व. २०७१÷०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव  सहित  कम्पनीले  आफ्नो  चुक्ता  पँुजीको  १५ प्रतिशत  (कर  सहित)  नगद  लाभांस  बाड्ने  प्रस्ताव  पनि स्वीकृत गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट थ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने,  बिमल कुमार सावरथिया,  टिकाराम न्यौपाने,  तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी  समूहबाट  संचालक  समितिमा  प्रतिनिधित्व  गर्ने  एक  (१)  जना  संचालकमा  शिव  सिंह  कार्की निर्विरोध निर्वाचित भएका छन् र स्वतन्त्र संचालकमा एक (१) जना श्रीमती नेहा अग्रवाललाई मनोनित गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । साथै उनले  सर्वोत्तम  सिमेन्टले  नाम  जस्तै  सिमेन्टको  सर्वोत्तम  गुणस्तरमा  निरन्तरता  दिदै  आफ्नो  स्थापना  पश्चात हाल सम्म ६,७२,६८,०२१  बोरा  सिमेन्ट र २८,८६,१६६ टन किङ्ककर  उत्पादन  गरी  बिक्री  गर्न  सफल भएको जानकारी गराएका छन् ।

सर्वाेत्तम  सिमेन्ट  अत्याधुनिक  यूरोपियन  भिआरएम प्रविधिद्वारा  सिमेन्ट  उत्पादन  गर्नेे  नेपालकै  पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति  दिन  क्षमता  भएको  क्लिंकर  प्लान्टका  साथ  आइ.एस.ओ.  ९००१ गुणस्तर  प्रमाणित,  १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र थ३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ । 

साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी  क्षेत्रमा बजार विस्तारको लागि आप्mनो सत प्रतिशत  लगानी  रहेको  सहायक  कम्पनी  मार्पmत  झापा  भद्रपुरमा  रहेको  ३००  टन  प्रति  दिनको  क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।
 

Image

राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा पठाइन्छ । प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्र...

Image

सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ । सरकार, सार्वजनिक संस्थ...

Image

“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत ...

Image

उनले अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात...

Image

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन...

Image

मेला प्रवेशका लागि टिकट लाग्नेछ । साधारण व्यक्तिला टिकट शुल्क ५० रुपैयाँ र  विद्यार्थीहरूलाई ३० रुपै...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४