मनास्लु क्षेत्रमा आठ हजार विदेशी पर्यटक पुगे

७ बैशाख २०८१

cover image

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले बताए । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताए । 

मनास्लु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको सङ्ख्या बढी रहेको पाइएको छ । उक्त अवधिमा चार हजार आठ ५३ पुरुष, तीन हजार पाँच सय ९७ जना महिला र चार अन्य पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । “पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिज्ममा सबैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ”, उनले भने, “पर्यटकको आकर्षण हेर्दा पनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिज्ममा सम्भावनालाई झनै बलियो बनाउँदै लगिएको छ ।” 

गएको दुई वर्षको अवधिमा समेत मनास्लु क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९÷८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।

“यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ”, प्रमुख शेरचनले भने, “अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।” मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् । 

त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।  

Image

सन् २०२४ को अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार १५८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना च...

Image

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् । तीन हजा...

Image

यस अदालतबाट मिति २०८१/१/१० गते भएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता प्राप्त गर्ने नगर्ने सम्बन्धम...

Image

काठमाडौं । शाखः ग्रुप र हङकङको बोओ ग्रुपबिच होटल क्षेत्रमा लगानी गर्ने...

Image

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध...

Image

प्राकृतिक चिकित्सालयका कारण प्राकृतिक, सांस्कृतिक पर्यटनको गन्तव्य यो स्थान स्वास्थ्य पर्यटनको समेत ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४