शीर्षकहरू

अप्रिल महिनामा भित्रिए एक लाख ११ हजारभन्दा बढी पर्यटक

अप्रिल महिनामा भित्रिए एक लाख ११ हजारभन्दा बढी पर्यटक

काठमाडौं । एक महिनामै एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को चौथो महिना अर्थात अप्रिल महिनामा एक लाख ११ हजार ३७६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।     

पर्यटन बोर्डका अनुसार सन् २०२३ को सोहि अवधिको तुलनामा यस वर्षको १२ प्रतिशत बढी पर्यटक भित्रिएका हुन् । गत वर्षको अप्रिल महिनामा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।   

सन् २०२२ को अप्रिल महिनामा ६१ हजार ५८९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२१ मा २२ हजार ७३२ जना, सन् २०२० मा १४ जना र सन् २०१९ मा एक लाख ९ हजार ३९९ जना पर्यटक नेपाल आएका थिए ।  

सन् २०२४ को अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार १५८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना चिनियाँ पर्यटक ९ हजार ७५० जना आएका छन् भने अमेरिकी पर्यटक ९ हजार ९४७ र युकेबाट ५ हजार ३९१ जना पर्यटक नेपाल आएका छन् ।  

यस महिनामा जर्मनबाट ३ हजार २७०, अष्ट्रेलियाबाट ४ हजार ११०, फ्रान्सबाट ३ हजार ७५५ जना रसियाबाट २ हजार ९७७ र मेलसियाबाट २ हजार ३१० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जानकारी दिएको छ ।