झन्डै तीन क्विन्टल लागु औषधसहित भारतीय नागरिक पक्राउ

४ बैशाख २०८१

cover image

भैरहवा । नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा लागु औषध पक्राउ परेको छ । आज वैशाख ४ गते मंगलबार बिहान ०३:१५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गणले करिब ३ क्विन्टल गाँजा बरामद गरेको हो ।

रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिई गएको ०५ जनाको सीमा अनुगमन टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ०१ बाट सो लागु औषध पक्रिएको हो । हुलाकी सडक खण्ड अन्तर्गत बाइपास इलाकामा सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ७८ बिटी ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा सो परिणाममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो प्रतिबन्धित लागु औषध सँगै भारतको पन्जाब लुधियाना घर बताउने सरदार जगतर सिंहको छोरा वर्ष ३६ को सत्नम सिंहपनि पक्राउ परेका छन् । उनले चालकको सिट माथि रहेको फल्स बटम भित्र लागु औषध गाँजा २७२.३३ के.जी. लुकाई छिपाई ल्याउँदै गरेका थिए । पक्राउ परेका उनलाई सशस्त्र प्रहरी गणमा ल्याई आवश्यक कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। 

Image

हालसम्म पनि ती कम्पनीहरुबाट लिखित स्पष्टीकरण नआएको भन्दै कार्यालयले सूचना जारी गर्दै सात दिने स्पष्ट...

Image

हिजोका दिनमा सामान्य केही हुँदैमा जान्थे भने अहिले जटिलतामा जाने गरेका छन् । अबको पाँच वर्षपछि त्यसक...

Image

लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउँछ...

Image

विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध बलियोसँग धाबा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीक...

Image

गएको एक वर्षको तथ्याङ्क हेर्दा कारोबार केही बढेको छ । तर त्यो अत्यन्त न्यून हो । लिखत पारित आशातित न...

Image

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतल निवास, राजा बस्ने पाँचतारे सोल्टी होटेल, कार्यक्रम हुने स्थल ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४