गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसनबीच व्यावसायिक सम्झौता

७ बैशाख २०८१

cover image

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । सदस्य संस्थाहरूलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ ।  

यस्ता सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन् । यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठनसंग यस्तै किसिमको सम्झौता गरिसकेको छ ।  

 

Image

प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था क...

Image

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले एक सूचना जा...

Image

मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार २ हजार ७०० रुपैयाँको उच्च गिरावट आएको थियो ।

Image

अमेरिकी डलरको मूल्य भने आज स्थिर रहेको छ । बहराइन दिनारको मूल्य भने सामान्य बढेको छ ।

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

कम्पनीको  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४