गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

२७ चैत्र २०८०

cover image

गण्डकी ।शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् । 

हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पु¥याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिए । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उनले बताए । 

“माग भएजति पाठ्यपुस्तक पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक पर्याप्त छन्”, निमित्त प्रमुख पौडेलले भने, “यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पुस्तक ढुवानी भएको छ ।”

Image

अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जान...

Image

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच स...

Image

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उ...

Image

यदि अघिल्लो वर्ष सन् २०२३ मा एमबिबिएस अध्ययन गर्न इच्छा व्यक्त गर्ने अर्थात् प्रवेश परीक्षामा सहभागी...

Image

त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नु...

Image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४