एशियन लाइफको १६ औं साधारण सभाबाट बोनस शेयर पारित

९ बैशाख २०८१

cover image

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पारित गरेको करिब २ महिनाभित्रै बोनस शेयर सूचीकृत गराएको छ । कम्पनीले गत फागुन १८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७५ प्रतिशत बोनस शेयर वैशाख ९ गते दोस्रो बजारमा सूचीकृत गराएको हो ।

कम्पनीले उक्त बोनस शेयर वापत्को २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट ३ अर्ब १५ करोड ५३ लाख रूपैयाँको आधारमा ७ दशमलव ७५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमवलव ४१ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

वैशाख १० गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।
 

Image

नेप्सेमा आज ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्...

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४