शीर्षकहरू

नेप्सेमा ५.६३ अंकको सुधार, ३ अर्ब १२ करोडको कारोबार

नेप्सेमा ५.६३ अंकको सुधार, ३ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.६३ अंकले बढेर एक हजार ९६६ दशमलव २३ विन्दुमा बन्द भएको हो ।                                                                                        

नेप्सेमा आज ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११५ वटाको बढेको छ भने ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज ओरिएन्टल होटल्स लिमिटेडको शेयरमूल्य ८.४६ प्रतिशतले बढेर प्रतिकित्ता ७६९ रुपैयाँ पुगेको छ ।  

आज कुमारी सबल योजनाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.४८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।