दुई लघुवित्त वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

१२ बैशाख २०८१

cover image

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९४ दशमलव ९१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ६३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको खराब कर्जा संकलन बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष ४० लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ६२ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । सम्भावित जाखिम शिर्षकमा भने कम्पनीले यस वर्ष १० लाख रूपैयाँभन्दा बढी रकम छुट्याएको छ । 

सञ्चालन नाफा भने गत वर्षको तुलनामा करिब १२१ प्रतिशत बढी भएको हो । गत वर्ष ६० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ करोड ३३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ रहेको छ भने जगेडा कोष रकम ५ करोड ७९ लाख रूपैयाभन्दा बढी रहेको छ । कर्जा सापटी गत वर्षभन्दा ३० दशमलव ३४ प्रतिशत बढी १ अर्ब २७ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह भने २४ प्रतिशत बढी १ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी भएको छ ।

निक्षेप संकलन भने करिब १८ प्रतिशत बढी ३ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव २५ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ४७ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी वार्षिक १७ रूपैयाा २८ पैसा रहेको छ प्रतिशेयर नेटवर्थ १६० रूपैयाँ ८० पैसा छ । 

त्यस्तै, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ८६ लाख रूपैयाँभन्दा खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव ३५ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १२ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफा घटेको हो । गत वर्ष ४४ करोड ७६ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष भने ३८ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ । सञ्चालन नाफा गत वर्ष १७ करोड १९ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १ दशमलव ६५ प्रतिशतले घटेर १६ करोड ९० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रूपैयाँ रहेको छ । यस वर्ष १२ दशमलव ३६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी बढाएको हो । शेयर प्रिमियमा ८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा ११ करोड ५७ लाख रूपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने १ अर्ब ६० करोड रूपैयाँ छ । 

तेस्रो त्रैमाससम्म कम्पनीले १३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १९ अर्ब १८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष निक्षेप संकलन भने ७ प्रतिशत र कर्जा प्रवाह करिब ५ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्ष १२ दशमलव ९८ प्रतिशत रहेकोमा यस वर्ष १० दशमलव ८८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ ९१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रूपैयाँ रहेको छ । 

Image

माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री काल...

Image

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी ब...

Image

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने मन्त्रालयले जनाएको छ ।

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४