धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

७ बैशाख २०८१

cover image

रसुवा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ  स्याफ्रुबेँसी, रसुवागढी  राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिए ।  

गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा  संयुुक्तरूपमा आयोजित  १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र  २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उहाँले  धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताए । गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए ।  

कार्यक्रममा सांसद् मोहन आचार्यले  रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, गोसाइँकुण्ड गाउँपालिका –६ का वडाध्यक्ष दावासिदार तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, लाङ्टाङ निकुञ्ज मध्यवर्ती क्षेत्रकी लालुमायाँ घलेलगायतले विकास निर्माण सामूहिक प्रतिवद्धताको खाँचो औँल्याए ।

Image

आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोल...

Image

काठमाडौं । यस वर्ष अधिकांश फलफूलको मूल्य बढेको छ । कालीमाटी फलफूल...

Image

आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा...

Image

मन्त्री पदम गिरीका अनुसार आगामी अधिवेशनमा विभिन्न समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टु...

Image

यस वर्ष बन्दा, आलु, बोडी, प्याज, कुरिलो, साग, हरियो खुर्सानी काउलीलगायत तरकारीको मूल्य बढेको देखिएको...

Image

मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताए । श्रमिकको समस्या समाधान गर्न ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४